टाटा मोटर्सको ‘टियागो डुअल टोन’ बजारमा




काठमाडौं । टियागो मोडलमा पाएको सफलतासँगै टाटा मोटर्सले ‘डुअल टोन’ बजारमा ल्याएको छ।

पुराना तथा संभावित ग्राहकको मागलाई मध्यनजर गर्दै टियागो डुअल टोन मोडल सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ। फुल अप्सन मोडलको २६ लाख ९५ हजार रुपैयाँमा पाइने यो गाडी ‘स्पोर्टी’ लुक्समा छ।

१।२ लिटरको रिभोटोर्न ईन्जिनले ८५ पिएस पावर दिन्छ। प्रतिलिटर २३.८४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड गाडीमा उपलव्ध छ। यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिटरको बुट स्पेस उपलब्ध छ।

ग्राहकहरुले खोजेको मूल्यमा राम्रो मोबिलिटी दिने कम्पनीको चाहना रहेको जनाउँदै सिप्रदीले नयाँ मोडलमा विशेष सुविधा दिन खोजेको जनाएको छ।

टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै सुहाउँदो मूल्यमा उपलब्ध छ। थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोनलाई नेपाली बजारमा रुचाइने कम्पनीको दाबी छ ।


क्लिकमान्डु