नेप्से ४.८७ अंकले घट्यो, ३४ करोडको कारोबार



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.८७ अंकले घटेको छ । नेप्से ०.३६ प्रतिशतले घट्दा १३५६.१५ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार बुधबार १६० कम्पनीका ६ लाख ५४ हजार २ सय २४ कित्ता सेयर खरिद विक्री भएको छ । ३४ करोड ७ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह ५.१, जलविद्युत समूह ६.२, वित्तीय समूह २.६९, माईक्रोफाइनान्स समूह ६.६३, विकास बैंक समूह ८.०७, बीमा समूह १८.६९, होटल समूह १२.०१ र उत्पादन मूलक समूह ४.१९ अंकले घटेका हुन् ।

यस्तै अन्य समूह ०.०९ अंकले बढेको छ ।

समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.९१ प्रतिशतले कमाइ गरेका छन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले ६.८४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु