साढे १५ अंकले बढ्यो नेप्से, ५० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) १५.६५ अंकले बढेको छ । नेप्से १.१६ प्रतिशतले वृद्धि हुँदा १३६१.०२ विन्दुमा अडेको हो ।
नेप्सेका अनुसार मंगलबार १६५ कम्पनीका १४ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५० करोड ६४ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ समूह ११.७४, होटल समूह ४३.८८, विकास बैंक समूह १८.१७, जलविद्युत समूह २०.३, वित्तीय समूह ०.१४, बीमा समूह १५१.२३, अन्य समूह ०.०६ र माइक्रोफाइनान्स समूह ३५.७६ अंकले बढेका छन् ।
उत्पादनमूलक समूह २.४३ अंकले घटेको छ ।
सिन्धु विकास बैंकका लगानीकर्ताले ७.३५ प्रतिशतले कमाएका छन् ।
नयाँ नेपाल लघुवित्त विकास बैंक ५.५८ प्रतिशत र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाएका छन् ।