नेप्से ८.२७ अंकले घट्यो, ४३ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.२७ अंकले घटेको छ । नेप्से ०.६१ प्रतिशतले घट्दा १३४५.३७ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार सोमबार १ सय ५९ कम्पनीका १० लाख २ हजार ५ सय ४८ कित्ता सेयर खरिद विक्री भएको छ । ४३ करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ समूह ५.१, जलविद्युत समूह ६.३७, वित्तीय समूह ४.१२, माईक्रोफाइनान्स समूह २१.०९, विकास बैंक समूह १४.४६, बीमा समूह ८१.७१, होटल समूह ३९.९६ र उत्पादनमूलक समूह १०.९४ अंकले घटेका हुन् ।
यस्तै अन्य समूह ०.३४ अंकले बढेको छ ।
उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.०३ प्रतिशतले कमाइ गरेका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.८ प्रतिशतले गुमाएका छन् ।