साढे १२ अंकले घट्यो नेप्से, ३६ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) १२.५१ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा १३५३.६४ अंकमा अडेको छ ।

नेप्सेका अनुसार आइतबार १६० कम्पनीका ८ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ३६ करोड १६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ११.५५, होटल समूह ३१.०७, विकास बैंक समूह १३.४३, जलविद्युत समूह १९.८१, बीमा समूह ६८.३२, उत्पादन मूलक समूह ८.६६, अन्य समूह ६.६१ र माइक्रोफाइनान्स समूह ७.५४ अंकले घटेका छन् ।

वित्तीय समूह भने ०.०६ अंकले बढेको छ ।

एभरेष्ट बैंक प्रमोटर सेयर लगानीकर्ताले ७.७६ प्रतिशतले कमाएका छन् ।

सांग्रिला विकास बैंकका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु