बैशाख ३१ देखि रैराङको ८ लाख ४० हजार कित्ता साधारण शेयर आउँदै



काठमाडौं । निजी क्षेत्रको जलविद्युत् उत्पादन कम्पनी रैराङ हाइड्रो पावरको साधारण शेयरको बिक्री यही वैशाख ३१ गतेदेखि हुने भएको छ ।

यही वैशाख ३१ गतेदेखि आगामी जेठ ३ गतेसम्म साधारण शेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल मिलेटेड रहेको छ ।

रैराङ जलविद्युत अयोजनाले धादिङको रैराङ खोलामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको छ भने इवाखोला जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीका संचालक कुबेरमणि नेपालले बताए ।


पुष्प दुलाल