म्युचुअल फण्डमा लगानी गर्नेहरुको कन्तबिजोग




काठमाडौं । म्युचुअल फण्डमा लगानी गर्नेहरु अहिले घाटामा छन् । प्रतिइकाइ १० रुपैयाँ फेस भ्यालु भएका म्युचुअल फण्डमध्ये अहिले अधिकांशको मूल्य सोभन्दा पनि कममा दोस्रो बजारमा कारोबार भइरहेको छ ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार सिटिजन म्यूचुअल फन्ड–१ को प्रतिइकाइ ९.८० रुपैयाँ रुपैयाँका अन्तिम कारोबार भएको छ । यो फन्ड ८२ करोड रुपैयाँको हो ।

ग्लोबल आईएमई समुन्नत स्कीम–१ का लगानीकर्ता पनि नोक्सानीमा छन् । यसको अन्तिम कारोबार प्रतिइकाइ ९.११ रुपैयाँमा भएको छ । यो स्कीम १ अर्ब रुपैयाँको हो ।

लक्ष्मी इक्वीटी फन्डको प्रतिइकाइ मूल्य ९.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो इक्वीटी १ अर्ब २५ करोड रुपैयाँको हो ।

लक्ष्मी भ्यालू फण्ड–१ का लगानीकर्ता भने फाइदामा छन् । यो प्रतिइकाइ १० रुपैयाँ फेस भ्यालु रहेको यो फण्डको ११.२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो फण्ड ५० करोड रुपैयाँको हो ।

नविल इक्वीटी फण्डका लगानीकर्ता पनि नोक्सानीमै छन् । फेस भ्यालु १० रुपैयाँ रहेको यसको अन्तिम कारोबार प्रतिइकाइ ९.१५ रुपैयाँमा भएको छ । यो फण्ड १ अर्ब २५ करोड रुपैयाँको हो ।

एनआईबीएल प्रगति फण्डको अन्तिम कारोबार मूल्य ८.८० रुपैयाँ छ । फेस भ्यालु १० रुपैयाँ रहेको यो फण्ड ७५ करोड रुपैयाँको हो ।

एनआईबीएल समृद्धि फण्ड–१ का लगानीकर्ता भने फाइदामा छन् । प्रतिइकाइ १० रुपैयाँ फेस भ्यालु रहेको यसको अन्तिम कारोबार ११.७५ रुपैयाँ छ । यो फण्ड ७५ करोड रुपैयाँको हो ।

एनआईसी एसिया ग्रोथ फण्डका लगानीकर्ता पनि नोक्सानीमा छन् । फेस भ्यालु १० रुपैयाँ नै रहेको यसको अन्तिम कारोबार मूल्य प्रतिइकाइ ९.८० रुपैयाँ छ । यो फण्ड ८३ करोड ५२ लाख रुपैयाँको हो ।

एनएमबी हाईब्रिड फण्ड एल–१ का लगानीकर्ता पनि अहिले गरिएको लगानीभन्दा कममा इकाइ बेच्न बाध्य छन् । यसको अन्तिम कारोबार मूल्य प्रतिइकाइ ९.५० रुपैयाँ छ । यो फण्ड १० अर्ब रुपैयाँको हो ।

एनएमबी सुलभ इनभेष्टमेन्ट फण्ड–१ का लगानीकर्ता भने अहिले फाइदामा छन् । प्रतिइकाइ १० रुपैयाँ रहेको यसको अन्तिम कारोबार भने प्रतिइकाइ १२.८० रुपैयाँमा भएको छ । यो फण्ड ७५ करोड रुपैयाँको हो ।

सानिमा इक्वीटी फण्डका लगानीकर्ता पनि नोक्सानीमा नै छन् । प्रतिइकाइ १० रुपैयाँ फेस भ्यालु रहेको यसको अन्तिम कारोबार प्रतिइकाइ ९.९० रुपैयाँमा भएको छ । यो फण्ड १ अर्ब ३० करोड रुपैयाँको हो ।

प्रतिइकाइ १० रुपैयाँ नै फेस भ्यालु अरहेको सिद्धार्थ इक्वीटी फण्डको अन्तिम कारोबार प्रतिइकाइ ९.३५ रुपैयाँमा भएको छ । यो फण्ड १ अर्ब ५० करोड रुपैयाँको हो ।

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमका लगानीकर्ता भने फाइदामा छन् । प्रतिइकाइ १० रुपैयाँ फेस भ्यालु रहेको यसको अन्तिम कारोबार प्रतिइकाइ ११.६० रुपैयाँमा भएको छ । यो स्कीम १ अर्ब रुपैयाँको हो ।


क्लिकमान्डु