ज्योति विकास बैंकको सिइओमा मनोज ज्ञवाली



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

बैंकमा २ वर्षदेखि नायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई नियुक्त गर्ने प्रस्तावस संचालक समितिले गरेको थियो ज्ञवालीले बैशाख १६ देखि लागु हुनेगरी ४ वर्षसम्मको लागि सिइओको रुपमा नियुक्त गरेको हो ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको करिव ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभाग अन्तर्गत कार्य गरेको अनुभव छ ।

करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव रहेका ज्ञवाली मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्यअनुभव रहेको छ ।

यस्तै जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ भने उनी चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।


क्लिकमान्डु