प्रभु लाइफ इन्स्योरेन्सले खोल्यो गोंगबुमा शाखा



काठमाडौंं । प्रभु लाइफ इन्स्योरेन्सले गोंगबुमा शाखा कार्यालय खोलेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले विहिवार एक कार्यक्रमकाबीच शाखा कार्यालय उद्घाटन गरे ।

यस अघि कम्पनीले देशभित्र बिभिन्न स्थानहरुमा स्थापित आफ्ना १८ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

शुभारम्भ कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताए ।

उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने कुरामा दुई मत नरहेको बिचार ब्यक्त गरे । उनले जीवन बीमा बजारमा सबै भन्दा कान्छो कम्पनी भएतापनि सवल ब्यवसायिक बृद्वि तर्फ उन्मुख रहेको कम्पनीका रुपमा परिचित प्रभु लाइफ इन्स्योरेन्सको थप ब्यवसायिक सफलताको लागि समेत शुभकामना ब्यक्त गरे ।

कम्पनीका संचालक मनीराम पोखरेल ज्यूले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरे ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले आगामी ३ बर्ष भित्र कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य रहेको जानकारी गराए ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समय भित्रै साठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने छ ।

 


क्लिकमान्डु