सिटिजन्सद्वारा संगीतकार संघलाई १५ लाख सहयोग
काठमाडौं । सिटिजन्स बैंकले संगीतकार संघ नेपाललाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो एघारौं बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले संघका अध्यक्ष लक्ष्मणशेष विडारीलाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो रकम विडारीले मेची–महाकाली साङ्गगितिकत अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराए ।
बैंकले ६८ वटा शाखा र ६८ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रयमाससम्ममा ६० अर्व २५ करोड रुपैयाँ निक्षेप संकलनगरी ५५ अर्व ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छ । सोहि अवधिमा १ अर्व १७ करोड ७४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ९८ लाख रुपैयाँ खुदनाफा आर्जन गरेकोे छ ।