नेप्से परिसूचक २९.२५ अंकले घट्यो, ६३ करोड ८४ लाखको कारोबार




काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से राताम्य भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९.२५ अंकले घटेको छ । नेप्से २.११ प्रतिशतले घट्दा १३५७.२२ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ५९ कम्पनीका १३ लाख ३८ हजार ७ सय ३७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ६३ करोड ८४ लाख ४३ हजार ३ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह ३४.७५, बीमा समूह २३१.१२, माइक्रो फाइनान्स ४३.२६, होटल समूह ४७.०९, बैंकिङ समूह २१.४२, जलविद्युत समूह ४६.६८, उत्पादन मूलक समूह ३७.४१ वित्तिय समूह ११.६१ र अन्य समूह १२.५४ अंकले घटेका हुन् ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.९९ प्रतिशतले कमाइ गरेका छन् । नयाँ नेपाल लघुवित्त वित्तीयका लगानीकर्ताले ७.५७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु