जनता बैंकले मदन भण्डारी पार्क संरक्षण गर्ने
काठमाडौं । जनता बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२ महादेवस्थानमा रहेको पार्क संरक्षण गर्न लागेको हो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा करबि ४ रोपनी जग्गामा निर्माण गरिएको पार्क प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका हुन् ।
स्वास्थ्य, शिक्षा, मानवीय सेवाका अतिरिक्त वातावरण संरक्षण तथा सरसफाईको क्षेत्रमा समेत संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले वाटिकाको दैनिक सरसफाई, रेखदेख र संरक्षणको लागि सहयोग गरिएको जानकारी दिएको छ ।
सो सहयोग पहिलो चरणमा आगामी एक बर्षसम्मको लागि हुनेगरी बैंक र वाटिका संरक्षण समितिबीच संझौता भएको हो ।