नेप्से परिसूचक ८.३९ अंकले घट्यो, ५६ करोडको कारोबार
काठमाडौं । साताको चौँथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३९ अंकले घटेको छ । नेप्से ०.६० प्रतिशतले घट्दा १३८६.४७ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार आज १ सय ६० कम्पनीका ११ लाख ७ हजार ५ सय १३ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाँको कारोबार भएको छ ।
विकाश बैंक समूह ५.९, बीमा समूह ५७.२७, माइक्रो फाइनान्स १८.३२, होटल समूह २८.७६, बैंकिङ समूह ५.९, जलविद्युत समूह १६.६५, उत्पादन मूलक समूह ११.१७ वित्तिय समूह ५.०३ र ट्रेडिङ समूह ०.१७ अंकले घटेका हुन् । अन्य समूह ०.७२ अंकले कमाई गरेको छ ।
सोदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.०४ प्रतिशतले कमाइ गरेका छन् । रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.१५ प्रतिशतले गुमाएका छन् ।