चीन सरकारले नेपाली विद्यार्थीलाई रेल्बे इन्जिनियरिङ पढाउने(सूचनासहित)



काठमाडौं, चीन सरकारले विभिन्न ६ विधामा २८ जनालाई विशेष छात्रवृत्ति दिनेृ भएको छ ।

त्यसमा रेलबे इन्जिनियरिङका लागि ६ जनाको कोटा उपलब्ध गराउने भएको छ ।

नेपालमा रेलमार्ग निर्माणको बहस भइरहेको बेला चीन सरकारले ६ जनालाई रेल्बे इन्जिनियङि अध्ययनका लागि कोटा दिएको हो । त्यसमा साधारण तर्फ ३ जना र महिला १, जनजाती १, मधेसी र अल्पसंख्यक १ रहेका छन् ।

यस्तै पुल तथा सुरुङ इन्जिनियरिङका लागि पनि ६ जनाको कोटा उपलब्ध गराएको छ । त्यसमा साधारण तर्फ ३, महिला, जनजाती, मधेसीका लागि समान १/१ सिट उपलब्ध गराइने भएको छ ।

जलविद्युत् इन्जिनियरका लागि पनि ६ सिट उपलब्ध गराएको छ । जियोमेटिक्स इन्जिनियरिङका लागि ४, माइनिङ इन्जिनियरिङका लागि ३, औद्योगिक इन्जिनियरका लागि ३ सिट उपलब्ध गराएको छ ।

अध्ययनमा जान इच्छुकले शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा दरखास्त दिन आग्रह गरेको छ ।


क्लिकमान्डु