नेपाल सेवा लघुवित्तकाे आइपिओ आजदेखि



काठमाडौं । । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण सेयर(आइपिओ) निकाष्सन गर्दै छ । २०७५ सालको यो पहिलो आइपिओ हो ।
संस्थाले प्रतिकित्ता १०० दरले १ लाख ८० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।

जसमा २ प्रतिशत अर्थात ३ हजार ६ कित्ता संस्थाका कर्मचारीलाई,५ प्रतिशत ९ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याइएको छ ।
सर्वसाधारणले एक लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

गोलाप्रथाबाट सेयर पर्ने टुंगो लाग्ने हुँदा लगानीकर्ताले न्यूनतम भनेको रकम ५० कित्ता मात्र भर्दा ठिक हुन्छ ।

यसको बिक्री प्रवन्धकमा एनमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सि आस्वा मार्फत बैंकबाट र मेरो सेयरको सुविधा लिएकाले घरबाटै नै आवेदन दिन सक्ने छन् ।


क्लिकमान्डु