नेपाल इन्भेष्टमेन्टको चैतसम्मको नाफा २ अर्ब ८३ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चैत मसान्तसम्ममा २ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्ष चैत मसान्तको तुलनामा नाफामा करिब २० प्रतिशत बृद्धि गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा बैंकको नाफा २ अर्ब ३७ करोड थियो ।

१० अर्ब ७४ करोड चुक्ता पुँजी रहेको बैंकको १० अर्ब ९७ करोड रुपैयाँ रिजर्बमा छ ।

बैंकले चैत मसान्तसम्ममा १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा बैंकको निक्षेप १ खर्ब १९ अर्ब रुपैयाँ थियो ।

यस्तै चैत मसान्तसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ ऋण दिएको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकले १ खर्ब १ अर्ब रुपैयाँ ऋण दिएको थियो ।

बैंकले ब्याज आम्दानीबाट ४ अर्ब ११ करोड कमाएको छ । विदेशी मुद्राको कारोबारबाट ४८ करोड,कमिसन र फिबाट ७१ करोड र ऋय आम्दानी २८ करोड छ । बैंकले ५८ करोड रुपैयाँ कर्मचारीको तलबमा खर्च गरेको छ भने ५९ करोड अन्य खालका खर्च छन् ।

बैंकको सिडी रेसियो ७८.०३ प्रतिशत रहेको छ । बेसरेट ९.१२ प्रतिशत छ । अघिल्लो वर्ष बेसरेट ६.८९ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५५ पैसा छ । अघिल्लो वर्ष ३६ रुपैयाँ २४ पैसा थियो ।


क्लिकमान्डु