सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांस दिने




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सेयर धनीहरुलाई ११.८० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकले २.५ प्रतिशत बोश सेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गर्ने भएको हो ।

बैंकको बैंशाख १० गते बसेको संचालक समितिको २०३ औं बैठकले निर्णय पारितगरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात बार्षिक साधारण सभाबाट पारित गरि वितरण गरिने नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

बैंकले चैत्र मसान्तसम्म १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलनगरी १४ अर्ब रुपैयाँ कर्जा प्रवाहगरी ३९ करोड ३९ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकको खराब कर्जा अनुपात ०.७० प्रतिशत छ ।

बैंकले ३६ वटा शाखा कार्यालय माफत् बैंकिङ सेवा प्रदान गरिहेको छ ।


क्लिकमान्डु