कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमद्वारा पदबहाली




काठमाडौं । नेपाल सरकारका सह-सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम आगामी ५ वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् ।

सह(सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद)को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ ।

उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हाल कोषले ५ लाख ६० हजार सञ्चयकर्ताको २ खर्ब २६ खर्ब रुपैयाँ वित्तीय श्रोत परिचालन गर्दै आएको छ ।


क्लिकमान्डु