चार्टर्ड एकाउन्टेन्ट सुवोध कर्ण नेपाल राष्ट्र बैंकको संचालक नियुक्त



काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको संचालकमा चार्टर्ड एकाउन्टेन्ट सुवोध कर्णलाई नियुक्ती गरेको छ ।

राष्ट्र बैंकमा संचालक रहेका बिकेमान सिंहको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले कर्णलाई ५ वर्षसम्मको लागि संचालकमा नियुक्ती गरेको हो ।

उनी लेखा व्यवसायीको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को पूर्व अध्यक्ष हुन् ।

दक्षिण एशियाली चार्टर्ड एकाउन्टेन्स संस्था(साफा)का पनि अध्यक्ष हुन् । यसअघि राष्ट्र बैंक रहेका सिंहपनि चार्टर्ड एकाउन्टेन्स थिए ।

तर,कार्यकाल सकिन १ वर्ष अगाडि सर्बोच्चले उनलाई काम नगर्न अन्तरिम आदेश दियो । कार्यकाल सकिने अन्तिम महिनामा उनी विरुद्ध दिइएको अन्तरिम आदेश खारेज भएको थियो ।

राष्ट्र बैंकको संचालक समिति ७ सदस्य हुने व्यवस्था छ । जसको अध्यक्षता गभर्नरले गर्छन् । अर्थसचिव र डेपुटी गभर्नरद्वय पदेन सदस्य हुन्छन् ।

यसबाहेक सरकारले अर्थशास्त्र,मौद्रिक नीति,वित्त लेखाको विषयमा जानकार ३ जनालाई संचालक पदमा नियुक्त गर्छ । सरकारले नियुक्त गर्ने संचालकको पदावधी ५ वर्षको हुन्छ ।


क्लिकमान्डु