नेप्से परिसूचक १५.९९ अंकले घट्यो, ७३ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.९९ अंकले घटेको छ । नेप्से १.१३ प्रतिशतले घट्दा १३९२४.८६ विन्दुमा पुगेको हो ।

नेप्समा आज १ सय ७० कम्पनीका १७ लाख १९ हजार ८ सय कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

विकाश बैंक समूह १५.८५, बीमा समूह ७६, माइक्रो फाइनान्स १०.५१, होटल समूह ११.८३, बैंकिङ समूह १५.८५, जलविद्युत समूह १३.०१, उत्पादन मूलक समूह ९.९१ वित्तिय समूह ९.९२ र अन्य समूह ६.८३ अंकले घटेका हुन् । ट्रेडिङ समूह २.८७ अंकले कमाई गरेको छ ।

नेशनल माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशतले कमाइ गरेका छन् । साङग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु