योजना आयोगको उपाध्यक्षमा डा पुष्प कंडेल नियुक्त



काठमाडौं । सरकारले योजना आयोगको उपाध्यक्षमा डा पुष्प कंडेललाई नियुक्त गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको २ महिनापछि कंडेललाई नियुक्त गरिएको हो ।

उनी एमालेको लेखा आयोगका संयोजक हुन् । उनी अध्यापन पेशमा समेत सक्रिय छन् ।

यस्ते सरकारले आयोगका सदस्यहरुमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको छ ।

बजेट निर्माणको क्रममा योजना आयोगको भूमिका महत्वपूर्ण हुन्छ । अब बजेट ल्याउन एक महिनाभन्दा केही दिनमात्र बढी छ ।

आयोगमा यस अगाडिका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले ओली प्रधानमन्त्री बनेपछि राजिनामा दिएका थिए । आयोगको गठन आदेशमा सरकार परिवर्तनपछि आयोगमा पदाधिकारी परिवर्तन हुने व्यवस्था छ ।


क्लिकमान्डु