कुलमानलाई महालेखाको प्रश्नः सडक बत्तीको ३ अर्ब कहिले कसरी उठ्छ ?



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीबाट मात्रै ३ अर्ब १५ करोड २ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

महालेखाको ५५औं वार्षिक प्रतिवेदनमा उक्त सडक बत्तीको रकम कहिले उठ्छ भनेर प्राधिकरणलाई प्रश्न गरिएको छ ।

त्यसमा सबैभन्दा बढी काठमाडौँ महानगरको मात्रै २ अर्ब बढी रहेको छ । अन्य महानगर, उपमहानगर तथा नगरपालिकाले पनि सडक बत्तीको रकम प्राधिकरणलाई तिरेका छैनन् ।

कालोसूचीमा परेका ग्राहकबाट ६७ करोड ७७ लाख रुपैयाँ असुल हुन बाँकी छ ।

३७ अर्ब ३८ करोड रुपैयाँको ऋण तथा व्याजको हिसाब अद्यावधिक नगरेको जनाएको छ ।

यस्तै महसुल बक्यौतामा समेत बेथिति रहेको महालेखाले जनाएको छ ।

महसुल बक्यौता गत वर्षको तुलनामा १२.३७ प्रतिशतले वृद्धि भई ११ अर्ब १८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

बाँकी रकममध्ये विगतमा शंकास्पद अवस्थामा रहेको ५६ करोड ७० लाख रुपैयाँको जिम्मेवारीमात्र सारेको प्रतिवेदनमा उल्लेख छ । महालेखाले रकम उठाउन कुनै प्रयास नगरेको जनाएको छ ।

बक्यौताअन्तर्गत अस्थायी जडानबापत ९२ लाख रुपैयाँ, आन्तरिक खपतबापत ५० लाख रुपैयाँ बाँकी रहेको छ ।


पुष्प दुलाल