जहाजको अगाडिको चक्का किन जाम हुन्छ ?



काठमाडौं । जहाजको चक्का जाम भएर विमान दुर्घटनाबाट जोगियो भन्ने समाचार बारम्बार सुनिरहनु भएको छ । जहाजको चक्का चाम भएपनि नेपालका ठुलो दुर्घटना भने भएको छैन ।

नेपालमा बढी मात्रामा यति एयरलाइन्स र नेपाल एयरलाइन्सको जहाज उडान तथा अवतरणको क्रममा चक्का जाम भएको सूचना बढी आउने गरेको छ ।
सुरक्षाको हिसाबले चक्का जाम हुँदा त्यति ठुलो असर नदेखिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल बताउँछन् ।

जहाज उडान तथा अवतरणको क्रममा पाइलटले बढी टर्न गर्न खोज्दा टायर जाम हुने उनको भनाइ छ ।

जहाज ४५ डिग्री भन्दा बढी टर्न भएको अवस्थामा अटोमेट्रिक टायर जाम हुने पोखरेल बताउँछन् । पाइलटले हतार गरेर छिट्टो जहाज टर्न गर्न खोज्दा टायर जाम हुने पोखरले भनाइ छ ।

पाइलट रन वेको बीचबाटै जहाज टर्न गर्न खोज्दा बढी मात्रमा टायर जाम हुने पोखरेल बताउँछन् । तर, पाइलटले रन वेको अन्तिम बिन्दु जहाज टर्न गर्दा भने जहाजको भने टायर जाम नहुने उनको दाबी छ । तर, यसले सुरक्षामा असर नगरेपनि एयरलाइन्सको प्राविधिक टीम समयमा आइनपुग्दा भने रन वे बन्द हुने अवस्था आउने पोखरेल बताउँछन् ।


क्लिकमान्डु