प्रभु बैंकले खोल्यो ज्ञानेश्वरमा शाखा



काठमाडौं । प्रभु बैंकले ज्ञानेश्वरमा शाखा कार्यालय खोलेको छ ।

बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्प बहादुर प्रधानज्यूले एक समारोहका विच समुद्घाटन गरे ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरु सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु