व्यवसायीको माग सम्बोधन गर्ने बजेट ल्याएमा सरकारको ‘समृद्ध नेपाल खुशी नेपाल’ नारा पुरा हुने चेम्बरको सुझाव
काठमाडौं । उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन् ।
उद्योगी व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँं बजेट ल्याएमा ‘समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने उनीहरुले बताए ।
नेपाल चेम्वर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमा गर्ने सम्न्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ विषयमा सोमबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यवसायीहरुको हित अनुकुुल हुने गरी बजेट ल्याउन सके मुलुक समृद्धितर्फ जाने बताए ।
कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सवैले सहज तरिकाले व्यापारव्यवसाय चलाउन पाउने गरी बजेट आउनुपर्नेमा जोड दिए । उनले बजेट ल्याउनु अघि निजी क्षेत्रले दिएका सुझाबहरु पनि समेटने गरी आउनुपर्नेमा विशेष माग राखे ।
राजश्व सचिव शिशिरकुमार ढुंगानाले उद्योगी व्यवसायीहरुका बस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य सुझाबहरुको सम्वोधन गरी नयाँं बजेट ल्याउने आश्वासन दिए ।
उनले राजश्व संकलनलाई मध्यनजरी गरी आर्थिक समृद्धिका आधार तय गर्ने गरी नयाँं बजेट आउने जानकारी दिए । मुलुकले दिएको आर्थिक सम्बृद्धिका लागि निजी क्षेत्रसँंग सहकार्य गरी अगाडि वढ्न सरकार तयार रहेको उनले बताए ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक तोयम राय, आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललगायतले स्वच्छ प्रशाशन अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीले उठाएका समस्याहरुबारे राजश्व सचिव ढुंगानाले जवाफ दिएका थिए ।