आईएमएस् ग्रुपले मनायो २६ औं वार्षिकोत्सव



काठमाडौं । आईएमएस् ग्रुप आफ्नो स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।

मोबाइलमा चर्चित ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस् ग्रुप अन्तर्गत अन्य २० कम्पनीहरु रहेका छन् । आईएमएस् ग्रुपले २०७५ वैशाख ७ गते राजधानीको राष्ट्रिय सभागृ २६ औं वार्षिकोत्सव मनाएको थियो ।

उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका दिरेक्टर विमल सावर्थिया सिइओ डिकेश मलहोत्रा, ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो ।

कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

त्यसै गरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २६ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।

विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ र हाल यस अन्तर्गत कुल १२ वटा कम्पनीहरु रहेका छन् ।

टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।


क्लिकमान्डु