नेप्से साढे २७ अंकले घट्यो, ढेड अर्बको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्स) परिसुचक २७.६४ अंकले घटेको छ । नेप्से १.९२ प्रतिशतले घट्दा १४१०.८५ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार सोमबार १ सय ७० कम्पनीका ३१ लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु घटेका छन् । बैंकिङ समूह २५.१६, ट्रेडिङ समूह ५.९९, होटल समूह ७८.७८, विकास बैंक समूह ३१.५४, जलविद्युत समूह ५४.७३, वित्तीय समूह ९.५९, बीमा समूह ८८.४४, उत्पादन मूलक समूह २९.०८, अन्य समूह १६.७७ र माइक्रोफाइनान्स समूह ३०.७८ अंकले घटेका हुन् ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९५ प्रतिशत र मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.५७ प्रतिशतले कमाएका छन् ।

राधी विद्युत कम्पनी, तारागाउँ रिजेन्सी होटल्स, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।


क्लिकमान्डु