एकैचोटी आएका बैंकमा जनता, सेन्चुरी र मेगाको औषत लाभांश, सिभिल धेरै पछि



काठमाडौं । नेपालमा नयाँ वाणिज्य बैंकको रुपमा जनता, मेगा, सेन्चुरी र सिभिल बैंकलाई लिने गरिन्छ ।

ती बैंकहरु आर्थिक बर्ष २०६६/६७ सालबाट संचालनमा आएका हुन् । यद्यपि पुँजी आधारले भने नयाँ पुराना सबै बैंक एकै खालका भइसकेका छन् ।

एकैपटक आएका चार बैंकको हामीले उनीहरुले दिएको लाभांशलाई आधार बनाएर यो रिपोर्ट बनाएका हौं । जसमा जनता, सेन्चुरी, मेगा र सिभिललाई मात्र समेटिएको छ ।

सबैभन्दा पहिला जनता बैंकले दिएको लाभांशलाई हेरौं । जनता बैंकले २०६८/६९ देखि लगानीकर्तालाई लाभांश दिएको देखिन्छ । जनताले अहिलेसम्म सो वर्षदेखि २०७०/७१ र २०७१/७२ बाहेक लगातार लाभांश दिएको छ ।

जनताले २०६९/७० मा ३.६८ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछि ३ प्रतिशत नगद लाभांश र ५.५२ प्रतिशत बोनस सेयर दिएको देखिन्छ ।

यस्तै जनताले २०७२/७३ मा ०.६३ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर दिएको छ । २०७३/७४ मा १४.४ प्रतिशत बोनस सेयर दिएको छ ।

जनतापछि सेन्चुरी बैंकको लाभांशलाई विश्लेषण गरौं । सेन्चुरीले २०७०/७१ पछि नियमित लाभांश दिएको छ । सेन्चुरीले आर्थिक बर्ष २०७०/७१ मा ६ प्रतिशत बोनस सेयर तथा ३.४७ प्रतिशत नगद लाभांश दिएको छ ।

यस्तै आर्थिक बर्ष २०७१/७२ मा सेन्चुरीले ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश दिएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा १० प्रतिशत बोनस सेयर सेन्चुरीले दिएको छ । आर्थिक बर्ष २०७३÷७४ मा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर सेयर सेन्चुरी बैंकले दिएको छ ।

अब मेगा बैंकको कुरा गरौं । मेगाले २०७०/७१ देखि लाभांश दिएको छ । आर्थिक बर्ष २०७०/७१ मा १२ प्रतिशत बोनस सेयर ०.६३ प्रतिशत नगद लाभांश मेगाले दिएको छ । यस्तै आर्थिक बर्ष २०७१/७२ मा १० प्रतिशत बोनस सेयर ०.५३ प्रतिशत नगद लाभांश पनि मेगाले दिएको छ ।

मेगाले आर्थिक बर्ष २०७२/७३ मा १३.२५ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश दिएको छ । आर्थिक बर्ष २०७३/७४ मा ९.४५ प्रतिशत बोनस सेयर मेगाले दिएको छ । बैंक अब टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर हुँदैछ ।

सँगै आएका बैंकमा लगानीकर्ता न्यून लाभांश दिएको बैंकमा सिभिल बैंक पर्छ ।

सिभिलले २०६९/७० देखि लाभांश दिएको छ । तर, कुनैपनि वर्ष दोहोरो अंकको लाभांश दिन सकेको छैन । बैंकले आर्थिक बर्ष २०६९/७० मा ५.७५ प्रतिशत नगद लाभांश दिएको छ ।

आर्थिक बर्ष २०७०/७१ मा ७ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश सिभिलले दिएको छ ।

आर्थिक बर्ष २०७१/७२ मा ६.७५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश दिएको सिभिलले आर्थिक बर्ष २०७२/७३ मा २.८८ प्रतिशत बोनस सेयर र ०.१५ प्रतिशत बोनस सेयर दिएको छ ।


क्लिकमान्डु