इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, महासचिवमा शेषराज भट्टराई



काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गरे ।

कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याए ।
उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्ष भए । उनले १७९ मत ल्याए । त्यस्तै राजेन्द्र रिजालले १७६ मत र देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भए ।

उपाध्यक्षमा पराजित सपना राजभण्डारी, खड्ग ताम्लिङले क्रमशः १५८ र १४३ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षका उम्मेदवार उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत ल्याए ।

त्यस्तै महासचिव पदमा पाण्डे समूहबाट उम्मेदवार बनेका शेषराज भट्टराईले ६६ मतको विशाल अन्तरले सन्तोष प्याकुरेललाई पराजित गरे । भट्टराईले २०३ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्याकुरेलले १३७ मत मात्रै ल्याए ।

त्यस्तै सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसालले १८७ मत प्राप्त गर्दा केसीले १४१ मत ल्याएर विजयी भए । त्यस्तै सचिवका उम्मेदवारहरु ज्ञानेन्द्रमान जोशीले १३९ र सोमबहादुर कँडेलले १२३ मत प्राप्त गरे ।
कोषाध्यक्षमा गोविन्द अधिकारी विजयी भए ।
उनले १९३ मत ल्याए । सोही पदमा पराजित उम्मेदवार सूर्यबहादुर डाँगीले १४१ मत ल्याए । त्यस्तै सह–कोषाध्यक्षमा निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन भने ।पराजित उम्मेदवार राकेश श्रेष्ठले १५६ मत ल्याए ।

त्यस्तै सदस्यहरुमा पाण्डे समूहका बासुदेव दाहाल (२०९, कर्णबहादुर गुरुङ (१८७, सुस्मा आचार्यले (१८६), सुदन चौहान (१८६) मत ल्याएर विजयी भए । त्यस्तै, विजयी हुने अन्य सदस्यहरुमा बालकृष्ण (बिके) श्रेष्ठ (१८५), प्रकाश श्रेष्ठ (१७५), सुनिता था श्रेष्ठ (१७१) र यज्ञविलास पौडेल (१६२) र प्रशान्त शाहले (१५७) मत प्राप्त गरे ।

त्यस्तै, अन्य सदस्यहरुमा महेश कुमार श्रेष्ठ (१५४), दीपक कोइराला (१४९, नवराज खत्री (१४३, हरिराम लामिछाने (१३७), पुष्पराज भट्टराई (१३६), सोवित श्रेष्ठ (१३०) मणिराम राउत (११९) र मनोरथ प्रसाद शाह (१०५) मत प्राप्त गरे ।


क्लिकमान्डु