‘अर्थतन्त्रलाई नकारात्मक पुर्याउने उद्योगलाई निरुत्साहित गर्छौं’



वीरगञ्ज । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा आज यहाँ आयोजित राजश्व नीति तथा कार्यक्रम बारे छलफल तथा सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले उक्त धारणा राखे ।

उनले मुलुकको कूल राजश्वको ५४ प्रतिशतभन्दा बढी राजश्व संकलन हुने आर्थिक नगरी वीरगञ्जलाई आगामी आव २०७५/७६ को बजेटमा प्राथमिकता दिइने उल्लेख गरे ।

सरकारले देशको अर्थतन्त्र वृद्धिमा योगदान पु¥याउने उद्योग–व्यवसायलाई सहयोग तथा अर्थतन्त्रमा नकारात्मक योगदान पुर्याउने उद्योग व्यवसायलाई निरुत्साहित गर्ने बताउँर्दै मन्त्री खतिवडाले व्यवसाय करको नीति सुधार गर्दै लाने बताए ।

उनले यातायातको सिण्डिकेटजस्तै अन्य व्यावसायिक क्षेत्रको सिण्डिकेट विस्तारै सरकारले तोड्दै लैजाने जानकारी गराए । उनले खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने बताए । रासस


क्लिकमान्डु