१२ वर्ष पुगेको अवसरमा सिटिजन्स बैंकको सहयोग



काठमाडौं । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल स्थापनाको १२ औ वर्षमा प्रवेश गरेको छ ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखा र ६८ वटा एटिएमबाट करिब तीन लाख पैतिस हजार ग्राहकलाई बैकिङ्ग सेवा दिदै आएको छ ।

स बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रयमास सम्ममा ६० अर्व २५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको छ । यस्तै सो अवधीमा बैंकले १ अर्ब रुपैयाँ नाफा गरेको छ ।
बैंकले निरन्तर दुई कार्यकाल पुरा गरी सञ्चालक समितिमा योगदान पुर्याएका संचलकलाई ‘दीर्घ सेवा सम्मान पदक’ र बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ दिएको छ ।

एघाराँै वार्षिकोत्सवको सुखद अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले १५ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ १ लाख ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत्त स्नो याक फाउन्डेसनलाई १ लाख सहयोग दिएको छ ।

म्युजीक कम्पोजर एसोसीएसन’ नेपाललाई बैंकले सहयोग स्वरुप १५ लाख दिएको छ ।
यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था साथलाई १ लाख बेबी लाइफ होम किर्तिपुरलाई २ लाख सहयोग दिएको छ ।

साथै बैंकले ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रलाइ’ आर्थिक सहयोग स्वरुप २ लाख दिएको छ ।
‘त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द, भिमढुंगालाई बैंक आर्थिक सहयोग स्वरुप ५० हजार तथा न्यूरो सेवा दिई रहेको ‘ दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई पाँच थान फ्रीज प्रदान गरेको छ ।

‘ किल्नीक वानलाई आर्थिक सहयोग स्वरुप १ लाख, कईश्वरको तेजशक्ति द्घारा ज्योरेई पद्घति मार्फत मानिसहरुको उपचार र उद्घार गरिरहेको ‘अभय उपचार केन्द्र’ लाई आर्थिक सहयोग स्वरुप २ लाख, ‘श्री कमल निम्न माध्यमिक विद्यालय’ , कमलपोखरीलाई २ लाख ५० हजार,‘कुलेश्वर माध्यमिक विद्यालय’ ,कुलेश्वरलाई फर्निचर किन्नका निम्ति १ लाख ५० हजार आर्थिक सहयोग दिएको छ ।

राजधानीको मीनभवनस्थित ‘निसहाय सेवा सदन’ जेष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ । आर्थिक वर्ष २०७४।७५ को चैत्र मसान्तमा शिक्षा ,स्वास्थ्य , खेलकुद , संगीत प्रबर्धन आदि जस्ता क्षेत्रमा बैंकले करिब ९० लाख को आर्थिक सहयोग उपलब्ध गराएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता बैंकका अध्यक्ष शर्माले गरे ।

बैंकले आफ्नो वार्षिकोत्सव पारेर आज विहान बैंकिङ्ग सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी आयोजना ग¥यो । बैंकको प्राङ्गणबाट शुरु भएको सो प्रभातफेरी सिटिजन्स बैंक ( नारायणहिटीपथ – हात्तिसार – कमलादी गणेश – तिन धारा – दरबारमार्ग —नारायणस्थान हुदै बैंकको प्राङ्गणमा आएर टुगिएको थियो ।


क्लिकमान्डु