राजस्व संकलन पुरा नभएपछि अर्थमन्त्रीले आइआरडीका डिजी फेरे



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालयका सहसचिवको जिम्मेवारी परिवर्तन गरेका छन् ।

अर्थमन्त्रालय अन्तर्गत ज्यादै महत्वपूर्ण मानिने आन्तरिक राजस्व विभागको जिम्मेवारी बिष्णु नेपालले पाएका छन् ।

नेपाल यसअघि महालेखा नियन्त्रक कार्यालयमा थिए । आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका किशोरजंग कार्की अर्थमन्त्रालयमा आएका छन् ।

आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणी शर्मा भष्ट्रचारको मुद्दामा निलम्बन परेपछि तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले महानिर्देशक बनाएका थिए ।

आन्तरिक राजस्व विभागको महानिर्देशक अर्थमन्त्रालय अन्तर्गतको कार्यालयमा शक्तिशाली पद मानिन्छ ।

लक्ष्य अनुसार राजस्व नउठेको समयमा अर्थमन्त्री खतिवडाले यसअघि भन्सार विभागको महानिर्देशक र ठूलाकरदाता कार्यलयको प्रमुखपनि परिवर्तन गरेका छन् ।

अर्थमन्त्री खतिवडाले मन्त्रालयको राजस्व महाशाखा प्रमुखपनि परिवर्तन गरेका छन् । शोभाकान्त पौडेलको ठाउँमा अर्थमन्त्रीका विश्वासमात्र मानिएका सहसचिव रामशरण पुडासैनी सो महाशाखाको प्रमुख बनेका छन् ।

आर्थिक नीति विश्लेषण महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेको स्वेतपत्रमा पुडासैनीले कोरटिममा बसेर काम गरेका थिए । पौडेललाई भने कुनै जिम्मेवारी दिइएको छैन ।

यस्तै मन्त्रालयमा प्रवक्ता रहेका अर्जुन पोखरेललाई प्रशासनको प्रमुख बनाइएको छ । प्रशासन प्रमुख रहेका शुसील पाण्डे महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएको छ ।

अर्थमन्त्रालयभित्र विभागिय परिवर्तन गर्ने अधिकार अर्थमन्त्रीसँग हुन्छ ।


क्लिकमान्डु