चार वाणिज्य बैंकको अपरिस्कृत विवरणको असर कस्तो होला सेयर बजारमा



काठमाडौं । २०७५ सालको सुरुवातसँगै सेयर बजार उकालो लाग्यो ।

यो साता चारवटा बैंकको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् ।

एभरेष्ट,सिदार्थ,सिटिजन्स र एनआईसी एशिया बैंकले चैत मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमा एनआईसी एशिया बैंक बाहेक सबैको नाफा बढेको छ ।

सबैभन्दा पहिला लगानीकर्तामा चर्चामा रहने एभरेष्ट बैंकको अपरिस्कृत वित्तीय विवरण हेरौ ।
८ अर्ब पुँजी पुगेपछि एभरेष्टमा लगानीकर्ताको आकर्षण गरेको छ । एभरेष्टले चैत मसान्तसम्ममा १ अर्ब ८० करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा एभरेष्टको नाफा १ अर्ब ५२ करोड थियो । १ खर्ब ६ करोड निक्षेप रहेको एभरेष्टले चैत मसान्तसम्ममा ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा दिएको छ ।

एभरेष्टको रिजर्बमा ५ अर्ब ८५ करोड छ । ३ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानीबाट कमाएको एभरेष्टको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९६ पैसा छ । अघिल्लो वर्ष इपिएस ४४ रुपैयाँ ९५ पैसा थियो ।

अघिल्लो वर्ष २४.१२ प्रतिशत रहेको एभरेष्टको आरओई यो वर्ष १९.९१ प्रतिशतमा झरेको छ ।

सिदार्थ बैंकले चैत मसान्तसम्ममा १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष नाफा ९५ करोड ७० लाख रुपैयाँ थियो ।

९० अर्ब ४० करोड निक्षेप रहेको सिदार्थले चैत मसान्तसम्ममा ७९ अर्ब ८८ करोड कर्जा दिएको छ ।
ब्याज आम्दानीबाट २ अर्ब २० करोड कमाएको बैंकले नोक्सानी व्यवस्थाको लागि ३८ करोड ६० लाख रुपैयाँ छुट्याएको छ ।

यसको इपिएस २० रुपैयाँ ५२ पैसा छ भने आरओई १४.१६ प्रतिशत छ ।

यस्तै सिटिजन्स बैंकले चैत मसान्तसम्ममा १ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष नाफा ८८ करोड २८ लाख रुपैयाँ थियो ।

६० अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेको बैंकले चैत मसान्तसम्ममा ५५ अर्ब ८१ करोड रुपैयाँ कर्जा दिएको छ ।

१ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले नोक्सानी व्यवस्थाको लागि २४ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ ।

सिटिजन्सको इपिएस १६.७६ रुपैयाँ छ । यस्तै आरओई १३.४१ प्रतिशत छ ।

पछिल्लो समय आक्रामक बजार विस्तार र शाखा खोलेको एनआईसीले लगानीकर्तालाई आकर्षित गर्नेगरी भने रिजल्ट दिएको छैन । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो वर्षको भन्दा घटेको छ ।

बैंकले चैत मसान्तसम्ममा ९२ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा नाफा १ अर्ब १३ करोड थियो ।

बैंकले निक्षेप र कर्जामा भने लोभलाग्दो छलाङ मारेको छ । बैंकमा चैत मसान्तसम्मा १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप छ । भने कर्जा १ खर्ब ९ अर्ब रुपैयाँ छ ।

२ अर्ब ६७ करोड रुपैयाँ ब्याज आम्दानी सहित ३ अर्ब ४३ करोड आम्दानी गरेको बैंकले ९२ करोड रुपैयाँ कर्मचारीको तलमा र अन्य संचालन खर्च ८३ करोड ४० लाख रुपैयाँ गरेको छ ।

बैंकले नोक्सानी व्यवस्थाको लागि ५१ करोड ४० लाख रुपैयाँ छुट्याएको छ । बैंकको इपिएस १५.४९ रुपैयाँ छ । आरओई १२.१५ प्रतिशत छ ।


क्लिकमान्डु