१३ घण्टापछि अन्तर्राष्ट्रिय तर्फको उडान खुल्दै




काठमाडौं । बिहीबार बेलुका उडाको क्रममा धावन मार्गबाट अनियन्त्रित हुँदै चिप्लिको मालिन्दो एयरको जहाज तान्नेर अहिले पार्किङ वे लगिने काम जारी छ ।

विमानस्थल कार्यालयका अनुसार १० मिनेटमा जहाज पाकिङ वेमा पुग्छ । जहाज पार्किङ वेमा पुगेको करिब २० मिनेटपछि अन्तर्राष्ट्रिय तर्फको उडान खुल्ला हुने कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर १३९ फिट अगाडि चौरमा पुगेको थियो ।
जहाजमा चालकदलका सदस्य सहित १३९ यात्रु सवार थिए । बन्द विमानस्थलमा बिहानदेखि आन्तरिक तर्फको उडान भने खुलिसकेको छ ।


क्लिकमान्डु