उडानको क्रममा अनियन्त्रित हुँदै चौरमा पुगेको जहाज तान्नेकाम अन्तिम चरणमा



काठमाडौं । बिहिबार बेलुका उडानको क्रममा धावन माार्गबाट चिप्लिएर चौरमा धासिएको मालिन्दो एयरको जहाज तान्नकाम अन्तिम चरणका पुगेको छ ।
विमानस्थल कार्यालयका अनुसार सबै प्रक्रिया अवलम्बन गर्दै विमानका कुनै क्षति नपुग्नगरी जहाज तान्ने काम भइरको छ ।

मालिन्दो एयरको जहाज बिहिबार बेलुका ९ः४५ मा मलेसिया उडानको क्रममा अनियन्त्रित भएर धावनमार्गबाट चिप्लिएर दक्षिणतर्फ १३९ फिट अगाडि गएर  धसिएको थियो ।

करिब १२ घण्टापछि जहाज तान्न काम अन्तिम चरणका पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

जहाज धानवमार्गबाट चिप्लिएर चौरमा पुगेपछि बन्द भएको विमानस्थलमा अहिले आन्तरिक उडान भने खुल्ला भएको छ । अन्तर्राष्ट्रिय तर्फको उडान खुल्न  अझै केही समय कुर्नु पर्ने उनको भनाइ छ ।


क्लिकमान्डु