विमानस्थल सञ्चालन हुन अझै ३ घण्टा लाग्ने



काठमाडौं । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको जहाज उडानको बेला धावनमार्ग छोडेर चौर तिर भासिएको छ ।

बिहिबार राती मलेसिया उडान भर्ने क्रममा जहाज अनियन्त्रित हुँदै रनबाट चौर तिर पुरेको थियो ।

जहाज धावनमार्ग  छोडेर घाँसे मैदानमा पुगेको थियो । जसका कारण अहिलेसम्म विमानस्थल पूर्ण रुपमा बन्द भएको छ ।
दुर्घटनाबाट जोगिएको जहाज हटाउन केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार धावनमार्गबाट जहाजलाई पार्किङ वे तर्फ ल्याउने काम जारी छ । उनका अनुसार अझै विमान हटउन २ देखि ३ घन्टा लाग्छ । विमान हटाइसकेपछि मात्रै बन्द विमानस्थल खुल्ला गरिने उनले जानकारी दिए ।

जहाजमा १ सय ३३ यात्रु सहित चालकदलका गरी १३९ सबै सकुशल रहेको कार्यालयले जनाएको छ । जहाज ध्वान मार्ग सकिएपछि १३० फिट दक्षिण तर्फ जोतिन पुगेको थियो ।
जहाज ध्वान मार्गबाट चौर तिर गएपछि विमानस्थल बन्द गरिएको हो ।

मालिन्दोको उडानलगत्तै अवतरण गर्न तयार भएका जेट एयरवेज र मलेसियन एयरका जहाज लामो समयसम्म काठमाडौंमाथि घुमिरहेका थिए। तर, विमानस्थल नखुलेपछि जेट एयरवेज दिल्लीतिर पुग्यो भने मलेसियन एयर बंगलादेशको ढाका पुगेको थियो।

दुर्घटनाग्रस्त जहाज निकाल्ने प्रयास भइरहेको छ । ननिकालेसम्म धावनमार्ग नखुल्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए।


क्लिकमान्डु