प्रदेशसभा सदस्य दीपक मनाङ्गे पक्राउ



काठमाडौं । प्रदेशसभा सदस्य दीपक मनाङ्गे पक्राउ परेका छन् ।

मिलन गुरुङलाई तरबार हानेको मुद्दाका फरार अभियुक्त रहेका प्रदेशसभा सदस्य मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । मनाङबाट स्वतन्त्र रुपमा प्रदेशसभा सदस्य निर्वाचित भएका मनाङगेको उम्मेद्वारीले एमालेले समर्थन गरेको थियो ।

२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो।

पुनरावेदन अदालत पाटनले २०६९ सालमा मनाङ्गेलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत पाँच वर्षको जेल सजाय सुनाएको थियो।
सोही मुद्दालाई गत माघमा सर्वोच्च अदालतले सदर गरेको हो।


क्लिकमान्डु