एभरेष्ट बैंकको ८०औं शाखा बर्दियाको बाँसगढीमा




काठमाडौं । एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा शाखा कार्यालय स्थापना गरेको छ । बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख  महेन्द्रजंग शाही लगायतको उपस्थिति थियो ।

बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएमबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु