सेयर बजारमा १ अर्ब १२ करोडको कारोबार, परिसूचक ३१.८३ अंकले बढ्यो



काठमाडौं । सेयर बजारमा बुधवार पछिल्लो समयकै अत्याधिक सेयर कारोबार भएको छ ।
मंगलबार १ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

२५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको यूनाइटेड इन्स्योरेन्समा सेयर लगानीकर्ता तानिएका छन् । यूनाइटेडको आज सबैभन्दा बढी कारोबार भएको छ । यूनाइटेड ५ करोड ९२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

अत्याधिक कारोबार भएको सेयर बजारमा नेप्से परिसूचक ३१.८३ अंकले बढेको छ ।
नेप्से परिसूचक १३६३.०३ बिन्दुमा पुगेको छ ।

२०७५ सालको सुरुवातसँगै लगानीकर्ता अत्याधिक उत्साहित छन् । जसले सेयर बजारमा उछाल छाएको छ । यद्यपी बैंकको ब्याजदरमा भने अझै सु्धार भएको छैन ।

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको रिपोर्ट आउने क्रममा छ । अहिलेसम्म नगन्नको मात्र रिपोर्ट आएको छ । जसमा रिपोर्ट भने नाफा बढेको नै आएको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीहरुको मुल्य लगातार घटेको हुँदा अहिले बढ्नुलाई स्वभाविक मान्न सकिएपनि ब्याजदरले भने अझै टेवा दिएको छैन ।

यसभन्दा अगाडि प्रकाशित समाचारमा १२ करोड हुनुपर्नेमा अर्ब भएको हुँदा सच्चाइएको छ ः सम्पादक


क्लिकमान्डु