नेपालको बजेट वास्तविक भएन : विश्व बैंक



काठमाडौं । नेपालको तीन आर्थिक वर्षको बजेट अविश्वनिय भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले चालु आर्थिक वर्षमा कृष्णबहादुर महराले ल्याएको सहित पछिल्ला २ वर्षको बजेट वास्तविक नभएको बताएको हो ।

विश्व बैंकले नेपाल डेभलपमेन्ट अपटेड सार्वजनिक गर्दै नेपालले ल्याएको बजेट अविश्वनिय भएको बताएको हो ।

विश्व बैंकका बरिष्ठ अर्थशास्त्री दामिर कौशिकले ३ वर्षको बजेट वास्तविक नभएको बताए ।
‘सरकारले एउटा आकारमा बजेट सार्वजनिक गर्ने,पछि त्यसलाई आकार घटाउने खालको काम गर्यो,तर,सो अनुसारको आन्तरिक ऋण भने लिने काम गर्यो’,कौशिकले भने ।

विश्व बैंकले भनेको पछिल्ला तीन अर्थिक वर्षको बजेट नेपाली कांग्रेसका डा रामशरण महत,एमालेका बिष्णु पौडेल र माओवादीका कृष्णबहादुर महराले ल्याएका थिए ।

एमालेका नेता पौडेलले बजेट ल्याउदा अहिलेका अर्थमन्त्री डा युवराज खतिवडा योजना आयोगमा उपाध्यक्ष थिए ।

सरकारले अवास्तविक बजेट ल्याएको भन्दै यस्तो विषयले बजारमा समस्या पारेको भनाई विश्व बैंकको छ । मुख्यगरी बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावमा एउटा कारणको रुपमा यसरी ल्याइएको बजेटलाई प्रमुख कारकको रुपमा विश्व बैंकले लिएको छ ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक बृद्धिदर हुने बताएपनि विश्व बैंकले भने तराईमा आएको बाढी र बैकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारण आर्थिक बृद्धिदर घट्ने अनुमान विश्व बैंकले गरेको छ ।

मुख्यगरी रेमिटेन्सको बृद्धिदरमा आएको कमी र जसले गर्दा बैंकको निक्ष््रोपको बृद्धिदरमा आएको कमी भएको तथा कर्जाको माग भने अत्याधिक रहेको भन्दै यो चिन्ताजनक भएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका अर्थशास्त्री सुद्युम्न दाहालले रेमिटेन्सको घट्दो बृद्धिदरको कारण बैंकमा पैसाको अभाव देखिएको बताए ।


क्लिकमान्डु