एनआईसी एशियाको ग्रोथ फण्ड नेप्सेमा सूचिकृत



काठमाडौं । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु वैशाख ३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।

७ बर्षे बन्दमुखी योजना रहेको एनआईसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ११ गते निष्काशन गर्नका लागि अनुमती प्राप्तगरी माग २ गते देखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो ।

सो ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत भई धितोपत्रको दोस्रो बजारमा कारोवार गर्न मिल्ने छ । कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वाषिर्क प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्नेछन् ।


क्लिकमान्डु