ओमेगा ६ नेपाली बजारमा, मूल्य ९ हजार ७७७ रुपैयाँ



काठमाडौं । सिजी मोबाइल्सले ओमेगा सिरिजमा नयाँ स्मार्टफोन-ओमेगा ६ स्मार्ट फोन बजारमा ल्याएको छ । मोबाइल्सले ३ क्यामरा भएको ओमेगा-६ बजारमा भित्र्याएको हो । ब्ल्याक र गोल्डेन कलरमा उपलब्ध फोनको बजारम मूल्य ९ हजार ७७७ रुपैयाँ छ ।

फोनमा सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने फ्ल्याशसहित १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको अटोफोकस ड्यूल रियर क्यामरा छ ।

फोनमा रहेको ५.५ इन्चको एचडी आइपीएस डिस्प्लेले प्रयोगकर्तालाई फोनमा उच्चतम तथा स्पष्ट तस्विर देखाउने कम्पनीले दाबी गरेको छ । ओमेगा ६ लाई उत्कृष्ट बजेट स्मार्टफोनको रुपमा परिभाषित गर्न यो फोनमा फिंगरप्रिन्ट अनलकको फिचर समेत राखिएको छ ।

ओमेगा ६ मा ड्यूल सिममा उपलब्ध छ । यो फोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज छ । फोनको स्टोरेजलाई माइक्रो एसडी कार्डद्वारा ३२ जीबीसम्म थप गर्न सकिन्छ ।

गूगलद्धारा प्रमाणित एन्ड्रोयड ७.० नगेटअपरेटिंग सिस्टममा आधारित ओमेगा ६ स्मार्ट फोनमा वाईफाई, ब्लूटूटथ, यूएसबी, थ्रीजी कनेक्टिभिटी छ । यो फोनमा २,६०० एमएएच ब्याट्री राखिएको छ, जसले लामो समयसम्म कामगर्न सक्ने क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ ।

ओमेगा ६ स्मार्टफोन देशभरिका मुख्य रिटेल स्टोरहरुमा उपलब्ध छ ।


क्लिकमान्डु