हितग्राही तथा ग्राहक परिचय विवरणमा त्रुटी गर्ने लिन्च स्टक मार्केटलाई ५० हजार जरिवाना



काठमाडौं । धितोपत्र बोर्डले हितग्राही तथा ग्राहक परिचय विवरणमा त्रुटी गर्ने निक्षेप सदस्य/धितोपत्र दलाललाई आर्थिक जरिवाना गरेको छ ।

बोर्डले धितोपत्र दलाल/निक्षेप सदस्य लिन्च स्टक मार्केटलाई झुठा विवरणको आधारमा डिपि एकाउन्ट खोली सेयर कारोवार गरेको सम्बन्धमा बोर्डमा उजुरी परी बोर्डबाट सो सम्बन्धमा छानविन गरेर कारवाही गरेको हो ।

झुटो विवरण भरेको आरोपमा लिन्च स्टक मार्केटलाई ५० हजार आर्थिक जरिवाना गरिएको बोर्डले जनाएको छ ।

बोर्डले ग्राहकको विवरणमा त्रुटी गरेपछि ४१ नम्बर ब्रोक्रर लिन्च स्टक मार्केट लाई कारवाही गरेको हो ।


क्लिकमान्डु