सिटी एक्सप्रेस र नेश्नल कमर्सियल बैंक, क्विक पे साउदी अरबबीच सम्झौता



मेगा बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरको सहकार्यमा साउदी अरबको ख्यातीप्राप्त बैंक नेशनल कमर्सियल् बैंक, क्विक पे बिच रेमिटान्स सम्झौता भएको छ ।

क्विक पे को ३१८७ ए टि एम् साथै ३०० भन्दा बढि रेमिटान्स सेन्टरहरु बाट मेगा बैंक मार्फत सिटी एक्सप्रेसको कुनै पनि ५५०० एजेन्टहरु र मेगा बैंकको ४७ ब्रान्चहरुबाट नगद वा कुनै पनि बैंक खातामा पैसा जम्मा गर्न सकिने छ ।

नेशनल् कमर्सियल् बैंकका उच्च अधिकारीहरुले सिटी एक्सप्रेस तथा मेगा बैंकको सहकार्यमा सम्झौता भएको मा खुशी व्यक्त गर्दै आगामी दिनहरु म नयाँ प्रविधि र बृहत बजार रणनितीको साथ अगाडी बढ्ने बताएका छन् ।


क्लिकमान्डु