सेयर बजारमा बीमा समुह उछाल,परिसूचक ३३.६१ अंकले बढ्यो



काठमाडौं । सेयर बजारमा बीमा समुहमा उछाल आउदा नेप्से परिसूचक ३३.६१ अंकले बढेको छ ।

बीमा समुह ३६०.४३ अंकले बढेको छ । जसको कारण समग्र सेयर बजार नै उकालो लाग्यो ।
यस्तै लघुवित्त १२०.११ अंकले बढेको छ ।

सेयर बजारमा आज ९६ करोड रुपैयाँको कारोबार भएको छ । २०७४ को फागुन र चैतमा घटेको सेयर बजार २०७५ को बैशाखको सुरुवातसँगै बढेको छ ।

खासगरी लामो समयदेखि सेयर बजार घटेको हुँदा लगानीकर्तामा उत्साह थपिएको छ । जसको कारण सेयर बजार बढेको छ ।


क्लिकमान्डु