नेपाल सेवा लघुवित्तको आइपीओ वैशाख १२ देखि, यी हुन् आवेदन दिन पाइने स्थानहरु



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको १ लाख ६७ हजार कित्ता आइपीओ वैशाख १२ गतेदेखि खुल्ला हुने भएको छ ।

संस्थाको सेयर खरिद गर्न चाहनेले न्युनतम ५० कित्तादेखि अधिकतम ९ सय कित्तासम्मका लागि दरखास्त दिन सक्नेछन् ।

संस्थाको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।

संस्थाले बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
संस्थाको केन्द्रीय कार्यालय, फटकशिला-८, सिन्धुपाल्चोक र सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दरखास्त दिन सकिनेछ ।

आइपीओ बिक्री खुल्ला भएको मितिबाट कम्तीमा ४ दिन र बढिमा ३० दिनसम्म दरखास्त दिन सकिने संस्थाले जनाएको छ ।


क्लिकमान्डु