भारतीय राजदूतावासको इकाइ कार्यालयमा बम बिस्फोट



बिराटनगर । विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा आज साँझ बम विष्फोट भएको छ ।

आठ बजेर १५ मिनेटमा भएको सो बम विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी गराए ।

मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बुझिएको छ ।

२०६४ सालमा सप्तकोशीमा आएको बाढीले बाँध भत्काएर नेपाल(भारत दुवैतर्फ ठूलो क्षति गरेपछि रातह र बाँध पुस्निर्माणका लागि भन्दै विराटनगरमा सम्पर्क कार्यालय खोलिएको थियो ।

सम्पर्क कार्यालय हटाउन परराष्ट्र मन्त्रालयले निरन्तर आग्रह गर्दै आए पनि भारत सरकारले हटाएको छैन । रासस


क्लिकमान्डु