१५ दिनमै बढ्यो तेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टीतेलमा २/२ रुपैयाँले मूल्य बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल र मट्टीतेल ८७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।

नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।


क्लिकमान्डु