साढे १७ अंकले नेप्से बढ्दा, बीमाका लगानीकर्ताले कमाए




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १७.४२ अंकले बढेको छ । आइतबार नेप्से १.३६ प्रतिशतले बृद्धिहुँदा १२९७.५७ विन्दुमा अडेको हो ।

नेप्सेका अनुसार १ सय ६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५७ करोड ६८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ४.२८, होटल समूह ५२.१६, विकास बैंक समूह १६.७५, जलविद्युत समूह १२.२३, वित्तीय समूह १४.६७, बीमा समूह २९३.२४, उत्पादनमूलक समूह ११.२४ र माइक्रोफाइनान्स समूह ७२.११ अंकले बढेका छन् ।

अन्य समूह १.२१ अंकले घटेको छ ।

प्रोडन्टियल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यस्तै ग्लोबल आइएमी लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एसियन लाईफ इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले ९ प्रतिशतभन्दा धेरै नाफा कमाएका छन् ।

नेपाल लाईफ इन्स्योरेन्सका प्रोमटर सेयर लगानीकर्ताले ९.९५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु