अब मुख्यमन्त्रीसँग सित्तैमा फोनमा कुरा गर्न पाइने




काठमाडौं । मुख्यमन्त्रीसँग जनताले सित्तैमा फोनमा कुरा गर्न पाउने भएका छन् । जनतालाई सित्तैमा मूख्यमन्त्रीसँग कुरा गर्ने वातावरण बनाउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश सरकारलाई टोल फ्री (सर्टकोड) नम्बर छुट्याएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जनता र प्रतिनिधिबीच सहज सम्र्पक स्थापित गर्नका लागि सर्टकोड नम्बर छुट्याइएको जानकारी दिएका छन् ।

‘प्रदेश सरकारले जनतासँग मुख्यमन्त्री भन्ने कार्यक्रमम संचालन गरेका छन्, सोहि कार्यक्रमको सहजताका लागि प्रत्येक प्रदेश सरकारका लागि ४ अंकको सर्टकोड नम्बर छुट्याएका छौं,’ अर्यालले क्लिकमाण्डूसँग भने ।

प्राधिकरणका अनुसार प्रदेश नम्बर १ र ३ लाई सर्टकोड नम्बर उपलब्ध गराइएको छ । अन्य प्रदेशका लागि समेत सर्टकोड नम्बर ‘रिजर्भ’ राखिएको प्रवक्ता अर्यालले बताए ।

प्रदेश सरकारको माग अनुसार सर्टकोड नम्बर प्राधिकरणले उपलब्ध गराउनेछ ।

जनताको पैसा लाग्दैन
प्राधिकरणले उपलब्ध गराउने सर्टकोड नम्बरमा प्रदेश सरकारले टेलिकम सेवा प्रदायको नम्बर राख्नुपर्ने हुन्छ । प्रदेश सरकारले प्रयोग गर्ने नम्बरमा ४ अंकको सर्टकोड नम्बर डायरगरी जनताले प्रतिनिधिसँग सिधा सम्पर्क राख्न सक्नेछन् ।

प्रदेश सरकारले प्रयोग गर्ने यस्तो नम्बरमा फोन गर्दा जनताको शुल्क काटिदैनन् । तर प्रदेश सरकारले भने सो सेवा बापत टेलिकम सेवा प्रदायकलाई भने पैसा तिर्नुपर्ने हुन्छ ।

यस्ता छन्, प्रदेश सरकारका सर्टकोड नम्बर
प्रदेश १ः १०९१
प्रदेश २ः १०९२
प्रदेश ३ः १०९३
प्रदेश ४ः १०९४
प्रदेश ५ः १०९५
प्रदेश ६ः १०९६
प्रदेश ७. १०९७


क्लिकमान्डु